काठमाडौं । सरकार र शिक्षक महासंघबीच बुधबार भएको सहमतिमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै उक्त सहमतिमा आपत्ति जनाएका हुन् ।
हाताहाती ऐन भन्दै देशभरबाट विद्यालयका शिक्षक कर्मचारी काठमाडौं आएका थिए । तर ऐन बिना नै सहमति भएपछि शिक्षकहरूले महासंघको विरोध जनाएका हुन् ।
‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
२० चैतदेखि काठमाडौंमा चलेको आन्दोलन हिजोको सहमतिपछि टुंगिएको छ ।







