ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। यस कम्पनीले सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर अब वैशाख २१ गते, आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

ओमको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ९०.१७ रुपैयाँदेखि २७०.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ । नेप्सेले कम्पनीको सेयर कारोबारका लागि ‘ओएमपीएल’ संकेत प्रदान गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *