काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । कार्यालयले बुधबार एक कार्यक्रम आयोजना गर्दै राष्ट्रिय लेखा तथ्यांकको अनुमान सार्वजनिक गरेको हो ।
गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो । त्यसअघि आर्थिक वर्ष २०७९/८० मा १.९८ प्रतिशत थियो।
यसैगरी गरी कार्यालयले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ । गत आर्थिक वर्ष प्रतिव्यक्ति आय १ हजार ४६७ अमेरिकी डलर थियो ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय ५० डलरले बढ्ने अनुमान गरिएको छ ।
Artha Sanjal






