वित्तीय क्षेत्र अझै चुनौतीपूर्ण अवस्थामै छ: कामु गभर्नर ढुंगाना

काठमाडौं। नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले वित्तीय क्षेत्र चुनौतीपूर्ण अवस्थामै रहेको बताएकी छिन्।

नेपाल राष्ट्र बैंकको ७०औँ वार्षिक उत्सवका अवसरमा बोल्दै उनले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिए पनि कर्जामा अपेक्षित सुधार नदेखिँदा वित्तीय क्षेत्र अझै चुनौतीपूर्ण अवस्थामै रहेको बताएकी हुन्।

आन्तरिक अर्थतन्त्रमा संरचनागत एवं व्यवस्थापनजन्य विषयहरुको सम्बोधन अहिलेको आवश्यकता भएको उनको भनाइ छ। यो उच्च तरलता र न्यून ब्याजदरका बाबजुद पनि निजी क्षेत्रतर्फ कर्जा जान नसक्दा त्यसले वित्तीय क्षेत्रको चुनौती कायमै राखेको ढुंगानाले बताइन्।

‘उच्च तरलता एवं न्यून ब्याजदरका बाबजुद निजी क्षेत्रतर्फ प्रवाहित कर्जा एवं आन्तरिक मागमा अपेक्षित सुधार हुन नसक्नु, पुँजीगत खर्च अपेक्षित रुपमा बढ्न नसक्नु र सञ्चालनमा रहेका परियोजनाहरु समयमै सम्पन्न हुन नसक्नुजस्ता चुनौतीहरु कायमै छन्।’ उनले भनिन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *