सांसद राई पक्राउ परेको सदनलाई जानकारी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको जानकारी सदनमा गराइएको छ । प्रतिनिधिसभाको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानामगरले सांसद राई पक्राउ परेको जानकारी गराएकी हुन् ।

सांसद राईलाई काठमाडौँ कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड रकम हिनामिनामा संलग्न रहेको आरोपमा प्रहरीले शनिबार साँझ उनकै निवासबाट पक्राउ गरेको थियो । उनी आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ देखि २०७५/७६ सम्म सहकारीको सञ्चालक समितिमा थिइन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *