क्रिकेटर सिद्धान्त लोहनीलाई क्यानबाट ५ लाख आर्थिक सहयोग

काठमाडौं । क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई नेपाल क्रिकेट संघले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै लोहनीलाई उपचारका लागि ५ लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका छन् ।

भारतको गुरुगाउँस्थित अस्पतालमा उपचाररत लोहनीले हालै घुँडाको शल्यक्रिया गराएका थिए र अहिले थेरापीमा छन्।

लोहनीले सन् २०१५ मा जर्सीविरुद्ध खेल्दै नेपाली राष्ट्रिय टिमबाट टी२० डेब्यु गरेका थिए। उक्त खेलमा उनले २७ रन बनाएका थिए।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *