सेयर बजारमा दोहोरो अंकको गिरावट, ७ अर्ब ५७ करोडको कारोबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२.४४ अंकले घटेर २६५५.८८ को विन्दुमा कायम भएको छ ।

आज ३०८ कम्पनीको सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज २८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै राधी विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ५८ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ५१ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४१ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । राधि विद्युत कम्पनीका लगानकिर्ताले ३.८० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *