सेयर बजारमा २६.४९ अंकको बृद्धि हुँदा १० अर्ब ७९ करोडमाथिको कारोबार

काठमाडाैं। आज साताकाे अन्तिम काराेबारकाे दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आज सेयर बजार नेप्से परिसूचक २८.९७ अंकले बढेर २७२२.७३ को विन्दुमा कायम भएको छ ।

आज ३११ कम्पनीको सेयर किनबेच हुँदा १० अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको छ । आज १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको कारोबार भएको छ । आज यस कम्पनकिो १ अर्ब ५८ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भउको छ । एनआरएनको ६२ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एचआइडीसीएलको ४९ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । एचआइडीसीएलका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *