काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ९.७५ अंकले बढेर २६९८.९७ को विन्दुमा कायम भएको छ ।
आज ३२९ कम्पनीको सेयर किनबेच हुँदा ७ अर्ब २६ करोड माथिको सेयर कारोबार भएको छ । आज १४७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५० करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बलेफी हाइड्रोपावरको ४२ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल माइक्रो इन्स्योरेन्स, राधि विद्युत कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.८१ प्रतिशतका दरले गुमाएका हुन् ।






