इलाम भ्रमणमा कूटनीतिक टोली

काठमाडाैं । विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरूलाई नेपालको पूर्वी पर्यटकीय गन्तव्य इलामको भ्रमण गराइएको छ । नेपालको पूर्वी पहाडी गन्तव्य इलामको प्राकृतिक,संस्कृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनाको प्रवद्र्धन गरिएको हो ।

परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाल पर्यटन बोर्डद्वारा आयोजित उक्त भ्रमणमार्फत इलामको प्राकृतिक, सांस्कृतिक र पर्यटन सम्भावनाको प्रवर्द्धन गरिएको हो ।

परराष्ट्रमन्त्री आरजु राणाको नेतृत्वमा भ्रमणमा सहभागी भएका विभिन्न देशका राजदूत तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले इलामको शान्त वातावरण, पहाडी जीवनशैली तथा प्राकृतिक र सांस्कृतिक विविधता नजिकबाट अनुभव गरेका हुन् ।

भ्रमणले स्थानीय संस्कृति र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय समुदायसामु प्रस्तुत गर्न अवसर दिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।

आइतबार काठमाडौंबाट भद्रपुर विमानस्थल हुँदै सुरू भएको भ्रमण स्थलमार्गमार्फत कन्याम पुगेको थियो । कूटनीतिक प्रतिनिधिले स्थानीय सांस्कृतिक नृत्य, लोकसंगीत तथा आतिथ्य कार्यक्रममा भाग लिएका थिए । त्यसपछि टोली घोडचढी (हर्स राइडिङ) को अनुभव लिएर श्रीअन्तु प्रस्थान गरेको थियो ।

सोमबार बिहान श्रीअन्तुबाट सूर्योदयको दृश्य अवलोकन गराइएको थियो। अन्तु पोखरीमा माछा मार्ने तथा डुंगा सयरजस्ता गतिविधिहरू सञ्चालन गरिए ।

त्यसदिन चिया टिप्ने प्रतियोगिता र ‘टि टेस्टिङ’ कार्यक्रम समेत आयोजना गरियो, जसले पाहुनालाई इलामको प्रसिद्ध चिया संस्कृतिको प्रत्यक्ष अनुभव गराइएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

स्थानीय उत्पादनहरूको ‘चिज टेस्टिङ’ कार्यक्रम र साँझको सांस्कृतिक कार्यक्रममा पनि अतिथिहरू सहभागी भए । मंगलबार भ्रमण टोली इलामसँग बिदा लिँदै भद्रपुर हुँदै काठमाडौं फर्किएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *