काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते भएको हिंसात्मक घटनाबारे प्रतिक्रिया दिएका छन् ।
नयाँ वर्ष २०८२ सालको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा हुन गएको मानवीय र भौतिक क्षतिबारे दुःख व्यक्त गरेका हुन् ।
‘समाजका विभिन्न दल र वर्ग समुदायले आफ्ना धारणा र अभिव्यक्त राख्न पाउनु प्रजातन्त्रको सुन्दर व्यवस्था हो। तर त्यस्ता धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्दछ।’ शाहले भने, ‘केही दिन अगाडि जनप्रदर्शनमा जुन प्रकारको हिंसा आगजनि तोडफोड भयो। मानवीय एवम् भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अन्त्यन्त दुख लाग्यो। नागरिक स्वतन्त्रताभन्दा ठूलो अरु कुनै वाद वा तन्त्र हुँदैन।’
उनले वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताएका छन् ।
गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा २ जनाको ज्यान जानुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए ।






