महानगर प्रहरी प्रमुख पाण्डे र बालेनका स्वकीय सचिवलाई कारबाही गर्न ५ कर्मचारी संगठनको माग

काठमाडौं । स्थानीय तहमा क्रियाशील पेशागत संगठनहरूले चैत २१ गते काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेको नेतृत्वमा भएको कार्यालयको मर्यादाविपरीतको अनुशासनहीन, गैरकानुनी, अमर्यादित र अनपेक्षित घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई हदसम्मको कारबाही गर्न माग गरेका छन् । उनीहरूले तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गर्न माग गरेका छन् ।

सो घटनाको सम्बन्धमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई बिहीबार बुझाइएको ज्ञापनपत्रमा पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बनमा राख्न माग गरिएको छ ।

यस ज्ञापनपत्रमा स्थानीय तह कर्मचारी युनियन, नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघका प्रतिनिधिहरूको हस्ताक्षर छ ।

त्यस्तै घटनापछि प्रमुख बालेन शाहका स्वकीय सचिवको नाममा सचिवालयका कर्मचारीले सार्वजनिक सञ्चारमाध्यममार्फत उपप्रमुख र वडाध्यक्षहरूलाई लाञ्छित गर्ने प्रयास गरेको भन्दै उनीहरुमाथि पनि कारबाहीको माग गरिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *