काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेलको आशंका व्यक्त गर्दै सरकारलाई चेतावनी दिएका छन् । उनले अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् र यसप्रति गम्भीर आपत्ति जनाएका छन् ।
कोइरालाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा बिचौलिया हाबी हुन थालेको कुरा सुनेको जानकारी दिए ।
गभर्नर नियुक्त गर्दा बिचौलिया हाबी भएको हो भने त्यसमा सरकारलाई चुनौती दिने बताउँदै उनले भने, ‘सरकारका लागि दुर्भाग्य त हुन्छ नै । नेपालका लागि पनि दुर्भाग्य हुन्छ । यो अन्त्यन्त गम्भीर विषय हो ।’
डा. सुमन कोइरालाद्वारा लिखित ‘कात्रोमा खल्ती’ पुस्तकको काठमाडौंमा बिमोचन कार्यक्रममा कोइरालाले वर्तमान सरकारले सुशासनको प्रत्याभूति गर्न नसकेको बताए ।
Artha Sanjal






