तीनकुने घटनाबारे गृहमन्त्री : हिंसात्मक घटना कुनै राजनीतिक दलबाट प्रेरित थिएन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तीनकुनेको हिंसात्मक घटना कुनै राजनीतिक दल प्रेरित नभएको बताएका छन् । शुक्रबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लेखकलाई चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाको जानकारी दिन बैठकमा बोलाएपछि उनले संविधान उल्ट्याउने र यो व्यवस्था उट्याउने ढंगले भएको बताएका हुन् ।

संविधान र गणतान्त्रिक व्यवस्थाभित्र रहेर शान्तिपूर्ण प्रदर्शनलाई सरकारले स्वागत गरिरहेको जानकारी दिए । ‘तीनकुने भएको कार्यक्रम हिंसात्मक, अमानवीय, अमार्यादित र उच्छिङ्खल ढंगले भएको छ।’ उनले भने, ‘संविधान र गणतान्त्रिक व्यवस्थाभित्र रहेर शान्तिपूर्ण प्रदर्शनलाई सरकारले स्वागत गरिरहेको छ। तर यो प्रदर्शनको उद्देश्य नेपालको वर्तमान संविधान उल्ट्याउने र यो व्यवस्था उट्याउने, समावेशि चरित्र समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो। यदि यो कार्यक्रमलाई शान्तिपूर्ण प्रदर्शन गर्ने, आफ्नो धारणा राख्ने, सरकारलाई खबरदारी गर्ने र ध्यानाकर्षण गर्ने उद्देश्यले प्रेरित थियो भन्यो भने ठिक हुँदैन। यसमा द्विविधा छैन।’

उनले फागुन ७ गतेको अभिव्यक्ति र विगतका पृष्ठभूमिलाई केलाएर हेर्दा व्यवस्था खारेज गर्ने गरी अगाडि बढेको धारणा राखे ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *