कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले १ हजार ४३७ कित्ता संस्थापक शेयर सर्वसाधारणहरूले  खरीद गर्न पाउने गरी बिक्रीमा राखेको छ। संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै शेयर बिक्रीमा राखिसकिएको बैंकले जनाएको छ।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।

बैंकका अनुसार सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *