सांग्रिला विकास बैंकको १ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न ३ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख २ हजार ५७४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्याद भित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *