काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सातौँ वार्षिक साधारणसभा भोलि चैत २१ गते बिहीबार बस्दैछ । कम्पनीको साधारण सभा काठमाडौंको अमृतभोग, कालिकास्थानमा बिहान बिहान ११ बजे सुरु हुनेछ।
सभामा कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ। साथै, २५ प्रतिशत हकप्रद सेयर संशोधन गरेर १७ प्रतिशत हकप्रद जारी गर्ने, गत आवको खर्च अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्तामा संशोधन गर्ने र प्रबन्ध पत्र तथा नियमावलीमा परिवर्तनका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।
साथै, गत आर्थिक आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।
Artha Sanjal






