काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालू हिउँदे अधिवेशन अन्त्य गरेका छन् । सरकारको सिफारिमा आज राति १२ बजेबाट लागू हुने गरी हिउँदे अधिवेशन अन्त्य गरिएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज (चैत १९ गते) राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।
यसअघि, चैत्र १८ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
Artha Sanjal






