काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.५२ विन्दुले घटेको छ । यससँगै सूचक २६९१.५९ अंकमा आएको छ । ११ लाख ३६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४३ कम्पनीको १२ सय ४७ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ५४ वटा कारोबार भएको हो । १७ कम्पनीको मूल्य बढ्दा २५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
Artha Sanjal






