गरिमा विकास बैंकमा रोजगारीको अवसर

काठमाडौं। गरिमा विकास बैंकले वालिङ, बेनी, कोहलपुर र नारायणगढ शाखाहरूका लागि कर्मचारी माग गरेको छ। बैंकले प्रशिक्षार्थी सहायकदेखि सहायक तहका विभिन्न पदहरूको लागि योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो।

प्रशिक्षार्थी सहायक पदका लागि उम्मेदवारले न्यूनतम १०+२ पास, दोस्रो श्रेणीमा अंक प्राप्त गरेको हुनुपर्नेछ। अन्य सहायक तहका पदहरू (जुनियर असिस्टेन्ट, असिस्टेन्ट, सिनियर असिस्टेन्ट, सुपरभाइजर) का लागि कम्तीमा १०+२ पास र बैंकिङ क्षेत्रमा दुई वर्षको अनुभव आवश्यक छ। स्नातक उत्तीर्ण, स्थानीय बासिन्दा र दुईप्राङ्ग्रे सवारी चालक अनुमति पत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

इच्छुक उम्मेदवारहरूले चैत ३१ गतेभित्र आवेदन दिनुपर्ने छ।

 

 

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *