तीन महिनापछि रेसुङ्गा विमानस्थलबाट पुन: उडान सुरु

काठमाडाैं । रेसुङ्गा विमानस्थलबाट तीन महिनापछि पुन: उडान सुरु भएको छ । गत पुस ४ गतेबाट उडान हुन नसकेको विमानस्थलबाट सोमबारदेखि उडान सुरु गरिएको स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।

सोमबार काठमाडौंबाट रेसुङ्गाका लागि १४ जना र रेसुङ्गाबाट काठमाडौंका लागि ४ जना सवार रहेको थापाले बताए ।

नेपाल एयरलायन्सको विमान मर्मतका कारण लामो समयसम्म नियमित उडान हुन सकेको थिएन । पहिले साताको एक दिन शुक्रबार मात्रै उडान भर्दै आएको विमानले यात्रुको चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति पाएको थियो ।

वर्षायाम सुरु भएपछि पछिल्लो समय साताको एक दिन शुक्रबार मात्रै उडान गर्ने गरी कार्यतालिका रहेको थियो । अहिले पुन: यात्रुहरुको चापलाई मध्यनजर गर्दै हप्ताको क्रकबार र बुधबार दुई दिन उडान गर्ने कार्यतालिका रहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *