राजावादी आन्दोलन उक्साएको आरोपमा रविन्द्र मिश्रसहितलाई हत्कडी लगाएर अदालत उपस्थित

काठमाडौं । राजावादी आन्दोलन उक्साउने राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलसमशेर राणालाई म्याद थप गर्न अदालत उपस्थित गराइएको छ ।

आइतबार उनीहरुलाई म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । चैत्र १५ गते तीनकुनेमा आन्दोलनकारीहरुलाई उक्साएर विध्वंशकारी घटना गराएको आरोपमा उनीहरुलाई पक्राउ गरी म्याद थप गर्नका लागि अदालतमा लगिएको छ ।

प्रहरीले म्याद थपका लागि सरकारी वकीलको कार्यालय पुर्याएको थियो । त्यसपछि जिल्ला अदालतमा लगेर उनीहरुको म्याद थपको प्रक्रिया अघि बढाइएको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *