काठमाडौं । आज साताकाे पहिलाे काराेबारकाे दिन सेयर बजारमा हरियाली छाएकाे छ । नेप्से परिसूचक ३२.२४ अंकले बढेर २६९५.५५ को विन्दुमा कायम भएको छ ।
आज ३२३ कम्पनीको सेयर किनबेच हुँदा ७ अर्ब ५६ करोड माथिको सेयर कारोबार भएको छ । आज २२२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६९ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४७ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ३९ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका हुन् । दोर्दी खोला जलविद्युतका लगानीकर्ताले ६.९४ प्रतिशतका दरले कमाएका छन् । कुमारी सबल योजनका इकाईधनीले ६.३९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै प्रभु स्मार्ट फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५.७९ प्रतिशतका दरले गुमाएका हुन् ।






