काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको छ ।
समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंलाई कमाण्डरको जिम्मेवारी दिइएको जानकारी दिए ।
प्रसाईंकै नेतृत्वमा भोलि (शुक्रबार) काठमाडौंमा प्रदर्शन हुँदैछ । राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तिनकुनेको स्थान छुट्याएको छ ।
सोही दिन गणतन्त्र पक्षधरहरूले पनि काठमाडौंको भृकुटिमण्डपमा प्रदर्शन गर्दैछन् ।
Artha Sanjal






