ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज चैत १४ गते बिहीबार अन्तिम दिन रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसर्थ आजसम्म कायम शेयरधनीहरुले मात्र बैंकको साधारण सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले हाल कायम चुक्ता पुँजीको ५.७५ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने र बोनस शेयर वितरणपश्चात् कायम चुक्ता पुँजीको १ बराबर १.१०७१ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले सोही प्रस्तावसहित चैत २७ गते, बिहान ११ बजे होटल पिस प्यालेस, हरि शंकर रोड, बाग्लुङ्ग नगरपालिका मा बाह्रौँ वार्षिक साधारणसभा बोलाएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *