हितेन्द्रदेव शाक्यले पनि हाले सर्वोच्चमा रिट

 काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

यसअघिको कार्यकालमा उनलाई  सरकारले पदबाट हटाएर कुलमान घिसिङलाई नियुक्त गरेपछि त्यसको विरुद्धमा उनले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । तर, उनको अघिल्लो कार्यकालको अवधि नसकियून्जेल ४ वर्षसम्म उनको रिटमा सर्वोच्च अदालतले फैसला गरेको थिएन ।

सर्वोच्च अदालतमा आफूले २०७८ भदौ १ मा हालेको रिट निवेदनको विषय छिट्टै टुंग्याइदिन भन्दै उनले सर्वोच्च अदालतमा रिट हालेका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *