राष्ट्रिय वाणिज्य बैंकद्धारा ग्लोबल मनी विक अन्तर्गत देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, १०३९२ जना लाभान्वित

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट १० हजार ३ सय ९२ जना लाभान्वित भएका छन् ।

ग्लोबल मनी विक २०२५ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । अन्तराष्ट्रिय रुपमा हरेक वर्ष मार्च महिनामा तेस्रो हप्ता मनाइने ग्लोबल मनी विक बैंकले चैत ४ देखि १० गतेसम्म साताव्यापी ‘थिंक विफोर यु फलो वाइज मनि टुमरो’ नारासहित सञ्चालन गरेको थियो।

बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको थियो । अभियान अन्तर्गत बैंकिसँग कारोबार गर्दा हुने फाइदाहरु, डिजिटल बैंकिङ्ग, क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी संचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।

बैंकका शाखा कार्यालयहरुमा विद्यार्थीहरुलाई भ्रमण गराई सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट वित्तीय संचेतना बारे ज्ञान प्रदान गरिएको थियो । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरु समेत प्रसारण गरिएको थियो ।

सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७६ भन्दा बढी मुलुकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मुलतः किशोर-किशोरी तथा युवा-युवती लक्षित वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *