दुर्गेश थापाद्धारा एसइई अवधिभर कुनै स्टेज कार्यक्रम नगर्ने घोषणा

काठमाडाैं । दुर्गेश थापाले एसइई परीक्षा अवधिभर कुनै पनि सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उनले यस्तो बताएका हुन् ।

दुर्गेशले परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरूलाई शुभकामना दिँदै एसइई अवधिकार कुनै कार्यक्रम नगर्ने घोषणा गरेका हुन् ।

एसइई परीक्षा चैत ७ गते (बिहीबार) देखि सुरू हुँदैछ।

दुर्गेशले लेखेका छन्– ‘एसइई परीक्षा जीवनको महत्वपूर्ण घडी हो। केवल मनोरञ्जनमा मात्र होइन, उज्ज्वल भविष्यका लागि पनि म सँधै हजुरहरूकै साथमा हुनेछु। यतिबेला मलाई धेरै मेला/महोत्सव तथा इभेन्टबाट कार्यक्रमका लागि कुरा आइरहेको छ। तर यदी म कार्यक्रम गर्दै हिँडे भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ, अनि भविष्यमा असर पार्न सक्छ। यी कुराहरूलाई मध्यनजर गर्दै एसइई परीक्षा अवधिभर मैले कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *