काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ ।
बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले मंगलबार एक औपचारिक कार्यक्रम आयोजना गरी आईपीओ बाँडफाँड गरेको हो । सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ खुलेको थियो ।
बाँडफाँटका क्रममा कुल १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओमा १९ लाख ५५ हजार ६८५ आवेदकको आवेदन स्वीकृत भएको थियो । यसअनुसार १७ लाख ७१ हजार १८५ जना आवेदकको हात खाली भएको छ ।
आईपीओको नतिजा अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमार्फत हेर्न सकिनेछ ।
Artha Sanjal






