पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं। पियोर इनर्जीको आईपीओ भर्ने आज चैत ५ गते अन्तिम दिन रहेको छ।

कम्पनीले फागुन २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको थियो । आईपीओमा माग भन्दा बढी आवेदन परिसकेका कारण मंगलबार बैंकिङ समयपञ्चात बिक्री बन्द गरिने कम्पनीले जानकारी गराएको छ ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित बाँके जिल्लाका स्थानीयका लागि बिक्रीमा ल्याएको हो । यता, कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १४ लाख ४० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आवेदन खुला गरिएको हो ।

स्थानीयले बाँकेको खजुरास्थित सौर्य विद्युत उत्पादन केन्द्र, तथा नबिल बैंकको कोहलपुर र नेपालगन्जबाट आवेदन दिन सक्नेछन् । यस्तै, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगन्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्यूरोड नेपालगञ्ज, र वीपी चोक तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेतरोड नेपालगन्ज र रिमझिम बजारको शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *