काठमाडौ । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ८७ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमध्ये २ लाख कित्ता शेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र र बाँकी २ लाख ८७ हजार १२ कित्ता शेयर सर्वसाधारणले मात्र खरिद गर्न सक्नेछन्।
सेयर खरिद गर्न इच्छुकले आज (चैत ५ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ । सेयर मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।
Artha Sanjal






