हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन, बन्यो ऐतिहासिक रेकर्ड

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ। यस दिन सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेर रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ। सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसभन्दा पहिलो गत चैत १ गते शुक्रबार सुनकाे मूल्यले रेकर्ड बनाएकाे थियाे। साे दिन सुन प्रतिताेला एक लाख ७४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे। साे दिनको उचाईलाई ब्रेक गर्दै यस दिन सुनकाे मूल्यले नयाँ उचाई बनाएको हो।

यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। साेमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *