सेयर बजारमा गिरावट, ५ अर्ब ४० करोडको सेयर कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १०.१४ अंकले घटेर २७०४.७० को विन्दुमा बन्द भएको छ ।

आज ३३१ कम्पनीको सेयर किनबेच हुँदा ५ अर्ब ४० करोडको सेयर कारोबार भएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको सेयर मूल्य घटेको छ । आज १३ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.८६ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्त वित्तीय वित्तीय संस्थाका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.६३ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *