प्रतिनिधि सभामा सांसद सिंहको प्रश्नः यौन व्यवसायका लागि ‘कोठी र वेश्यालय’ सरकारलेनै चलाउने हो ?

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक भित्र्याउन सकिने कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेको अभिव्यक्तिको बिरोध गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सिंहले बिरोध घिमिरेको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विरोध जनाएका हुन् । आइतबारको सभाको बैठकमा कांग्रेसका प्रमुख सचेतक घिमिरेले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक भित्र्यान सकिने बताए ।

उनले सबैभन्दा बढी पर्यटक मनोरञ्जन क्षेत्रको हुने भन्दै देशको आर्थिक विकासका लागि यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने धारणा राखेका थिए । सांसद सिंहले यौन व्यवसायको लागि कोठी र वेश्यालय सरकारले नै चलाउने दिन आएको त होइन ? भन्दै प्रश्न गरे ।

‘हजारौं युवाहरुले रोजगारी र शिक्षाको लागि देश छोडिसकेका छन् । अब सिमित कलिला युवा आमा छोराछोरी मात्र बाँकी छन् । देशको आर्थिक विकासको लागि पर्यटन भित्र्याउन त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनको लागि यौन व्यवसाय, यौन प्रमिट सरकारले दिनुपर्छ भन्नुभएको छ सरकारकै एक माननीयज्युले । यो व्यवसायको लागि कोठी र वेश्यालय सरकारले नै चलाउने दिएको त आएको त होइन ? यही दिनको लागि गणतन्त्र ल्याएको हो ?’ उनले भने।

नेपाल देश देवी पूजनको भूमि भएको भन्दै यस्ता उश्रृंखल अभिव्यक्ति नदिन समेत सांसद सिंहले आग्रह गरेका छन्  ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *