साझा यातायातले पाएन सीईओ, दोस्रोपटक दरखास्त आह्वान

काठमाडौं । साझा यातायातको प्रमुख कार्यकारी अधिकृत (सीईओ)पदमा नियुक्तिका लागि पुनः दरखास्त आह्वान भएको छ । पहिलोपटक गत पुस २९ गते खुला दरखास्त आह्वान गरेको साझा यातायातले पर्याप्त दरखास्त नपरेको भन्दै आज दोस्रोपटक आवेदन आह्वान गरेको हो ।

आवेदन दिने म्याद २१ दिन छ । आवेदन साझा यातायातको केन्द्रीय कार्यालय पुल्चोक ललितपुरमा बुझाउन सकिने छ ।

पहिलोपटक दरखास्त आह्वान हुँदा जम्मा दुई जना (अर्घाखाँचीका यदुनाथ पौडेल र काठमाडौंका मिलनकुमार शाक्य)को मात्र आवेदन स्वीकृत भएको थियो ।

तोकिएको संख्यामा दरखास्त नपरे पुनः सूचना प्रकाशन गर्नुपर्ने व्यवस्थाअनुसार आज दोस्रोपटक सूचना सार्वजनिक गरिएको हो ।

कार्यविधिमा सीईओ पदका लागि दरखास्त दिने उम्मेदवार मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, कानुन, अर्थशास्त्र, वाणिज्यशास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *