काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक उचाईमा पुगेको छ। यस दिन सुन मूल्य प्रतितोला चार हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेकाे हाे।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । गत फागुन १३ गते कायम उचाई एक लाख ७१ हजार ३०० रुपैयाँको उचाईलाइै ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत बुधबार चाँदी प्रतितोला दुई हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।
Artha Sanjal






