थाइल्यान्डमा रिड्डारा आरडि सिक्सले जित्यो सर्वश्रेष्ठ इभी पिकअप अवार्ड

काठमाडाैं । थाइल्यान्डमा आधारित जिली होल्डिङ्ग समूहको रिड्डारा आरडि सिक्सले २०२५ को सर्वश्रेष्ठ इलेक्ट्रिक पिकअप अवार्ड जितेको छ । यो पुरस्कार रिड्डारा आरडि सिक्सको नवप्रवर्तन र दिगोपनामा विश्वास थप्दै यसलाई नयाँ ऊर्जा पिकअप क्षेत्रमा एक अग्रणी बनाउँछ। यसले रिड्डारा आरडि सिक्सलाई पहिलो इलेक्ट्रिक पिकअपको रूपमा यो सम्मान प्राप्त गर्ने माइलस्टोन बनाएको छ ।

रिड्डारा आरडि सिक्स नेपालमा २०२४ को नाडा अटो शोमा लन्च गरिएको थियो, जहाँ यसले उत्कृष्ट ग्राहक प्रतिक्रिया प्राप्त गरेको थियो । सीजी मोटर्सले नेपालमा रिड्डारा आरडि सिक्सको प्रस्तुतीका साथ अत्याधुनिक प्रविधि र उपयोगिता ल्याएको छ।

मुख्य विशेषताहरु:

पावर: २०० किलाेवाट पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर (PMSM) जसले २७२ पिएस र ३८४ एनएम टोक प्रदान गर्दछ ।
ब्याट्री र दायरा: ६३ किलोवाट घण्टा लिथियम आयरन फॉस्फेट ब्याट्री जसको एनइडीसी दावी गरिएको दायरा ३७७ किमि छ।
चार्जिङ: ७.२ किलाेवाट एसी चार्जिङ, ०-१०० प्रतिशत मात्र ९.५ घण्टामा ।
व्हीकल-टु-लोड (V2L): ६ किलाेवाट सम्मको बाह्य उपकरणलाई शक्ति प्रदान गर्न सक्षम।
ग्राउन्ड क्लियरन्स: २२५ किमी, जुन आसीइ पिकअपहरूभन्दा २० प्रतिशत बढी छ ।
कार्बाे स्पेस: १२०० लिटर, जसमा पावर सॉकेटहरू समावेश छन् ।
प्रिमियम इन्टेरियर्स: लेदर-र्याप्ड स्टीयरिङ ह्वील, लेदरटे सीटहरू, १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, र १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर ।

नेपालभर सर्भिस र चार्जिङ सुविधा

नेपालभर २२ सर्भिस सेन्टरहरु सहित सीजी मोटर्सले उत्कृष्ट बिक्री पछिको सेवा र स्पेयर पार्ट्सको पहुँच सुनिश्चित गरेको छ । त्यसैगरी, २४० प्लस चार्जिङ स्टेसनहरूसँग, रिड्डारा आरडि सिक्सले नेपालमा सहज रुपमा चार्जिङको सुविधा पाउँछ । जसले यसलाई अन्य ब्राण्डहरू भन्दा प्रतिस्पर्धामा अरुभन्दा माथी राख्छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *