काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेकी सांसद उर्मिला थेबे बसिरहेको कुर्सी भाँचिएको छ । बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला कुर्सी भाँचिएको हो।
कुर्सी भाँचिएर सांसद थेबे लडेपछि सबै सांसद पछाडि फर्किएपछि थापाले केही क्षण भाषण रोकेका थिए । सभामुखले समेत चासो राखेपछि उनलाई बाहिर लगिएको थियो ।
उनको अवस्था सामान्य नै रहेको नेताहरुले जनाएका छन् ।







