आज पनि ओरालो लाग्यो सेयर बजार, ८ अर्ब ३९ करोडको कारोबार

काठमाडौं। आज पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९ को विन्दुमा कायम भएको छ । आज ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ कम्पनीको मूल्य घटेको छ । आज ८ अर्ब ३९ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ५८ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.६९ प्रतिशतका दरले गुमाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *