सेयर बजारमा गिरावट, १० अर्ब ९ करोडको सेयर कारोबार

काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० को विन्दुमा कायम भएको छ ।

आज ३१५ कम्पनीको सेयर किनबेच हुँदा १० अर्ब ९ करोड माथिको सेयर कारोबार भएको छ । आज २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको सेयर मूल्य घटेको हो । आज २ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब १२ करोडको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५९ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ५५ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आइसीएफसी फाइनान्स डिबेञ्चरका इकाईधनीले पनि १० प्रतिशतका दरले कमाएका हुन् । भुगोल इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *