काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक एक अंकले बढेको छ। सेसनमा १.४४ अंक बढेर २८१९.८८ विन्दुमा पुगेको छ। १ करोड ४९ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
७६ कम्पनीको १६ हजार ५ सय ७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २ सय २९ वटा कारोबार भएको हो । २९ कम्पनीको मूल्य बढ्दा ३४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
Artha Sanjal






