दिल्ली उडेको १० घन्टामा सबै ट्वाइलेट जाम भएपछि अमेरिका फर्काइयो जहाज

काठमाडौं। अमेरिकाको सिकागोबाट भारतको दिल्ली उडेको एउटा जहाज दस घन्टा उडेपछि पुन सिकागो नै फर्किएको छ।

बिहीबार सिकागोको ‌ओआरडी अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेको एयर इण्डियाको एआई-१२६ फ्लाइट १० घन्टा उडेपछि पुनः सिकागो नै फर्किएको हो। एयर इण्डियाको बोइङ ७७७-३७७ इआर जहाजमा प्राविधिक गढबडीका कारण दिल्ली नआई बीचबाटै फर्किएको भनेर एयरलाइन्स कम्पनीले प्रष्टीकरण दिएको थियो।

प्राविधिक गढबडी के थियो भन्ने कम्पनीले केहि खुलाएको छैन तर उडेको १० घन्टापछि जहाजको शौचालय जाम भएपछि विमान शिकागो नै फर्काउनुपरेको हो भनेर बिबिसीले समाचार लेखेको छ। बिबिसीका अनुसार उक्त जहाजमा फर्स्ट, बिजनेश र इकोनोमी गरी कुल ३४० भन्दा बढी सिटहरू छन् भने १० वटा शौचालय छन्।

ती शौचालहरू जाम भएका कारण जहाजलाई दिल्ली नल्याइ अमेरिका नै फर्काइएको बताइएको छ। त्यहाँ भएका १० वटामध्ये नौ वटा शौचालय जाम भएको र एउटा शौचालयले मात्रै काम गरिरहेकोले चालक दलका सदस्यहरूले विमानलाई पुनः सिकागो नै फर्काएका थिए।

एयर इण्डियाको प्रवक्ताले बिबिसीसँगको कुराकानीमा यात्रुहरूलाई परेको असुविधालाई मध्यनजर गर्दै उनीहरूलाई बस्ने व्यवस्था मिलाइएको छुट्टै जहाजमार्फत गन्तव्यसम्म पुर्‍याउने भनेका थिए। उनले यात्रुहरूले टिकट रद्द गर्न चाहे उनीहरूको पूरै पैसा फिर्ता गरिने र एयरलाइन्सले व्यवस्था गरेको छुट्टै जहाजमा गए अतिरिक्त शुल्क पनि नलाग्ने बताएका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *