षड्यन्त्रबाट जन्मेको राजतन्त्र र झाडीबाट आएका राजा फेरि फर्किने नसोच्दा हुन्छ : प्रधानमन्त्री ओली

धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीमा बस्दैमा कोही राजा बन्न नसक्ने बताएका छन् । ‘षड्यन्त्रबाट जन्मेको राजतन्त्र र झाडीबाट आएका राजा फेरि फर्किने नसोच्दा हुन्छ,’ ओलीले भने, ‘नेपाली जनताको चेतनास्तर माथि उठिसकेको छ । बलमिच्याइँ, अराजकताबाट सिंहासनबाट बस्ने चाहना नेपाली जनतालाई स्वीकार्य हुँदैन, उनले भने ।’

महोत्तरीको गौशालामा आईएमई ग्रुपले स्थापना गरेको नेपाल पल्प पेपर इन्डस्ट्रिजको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजालाई पार्टी खोलेर चुनावमा आउन चुनौती दिएका छन् ।

‘खोलिएकै पार्टीलाई आफ्नो भनेर, नभए नयाँ पार्टी खोलेर २०८४ मा चुनाव लड्न आग्रह गर्छु । ‘होस्ट’ अगाडि सारेर हुँदैन, आफै अगाडि आउनुस्,’ ओलीले भने, ‘बीचबीचमा टाउको निकाल्दैमा राजतन्त्र र राजा आउँदैन । सामन्ती राजतन्त्र र जन्मँदै राजा हुने प्रवृत्ति अब हुन सक्दैन । फालिएको राजतन्त्र फर्किँदैन । फेरि राजा भएर रैती बनाउनु र दुई सय वर्ष अझै खान्छु भनेर नसोच्दा हुन्छ ।’

प्रधानमन्त्री ओलीले भुलभुलैया, नाटक, तमासमा नपर्न नागरिकसँग आग्रह गर्दै सरकारलाई दन्तबजान गर्ने फुर्सद नरहेको बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *