सेयर बजारमा झिनो अंकको गिरावट, १० अर्ब १० करोड माथिको कारोबार

काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार घटेर को छ । नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ को विन्दुमा कायम भएको छ ।

आज ३१० कम्पनीको सेयर किनबेच हुँदा १० अर्ब १० करोड माथिको सेयर कारोबार भएको छ । आज ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको सेयर मूल्य घटेको छ । आज १२ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब १२ करोडको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ८ करोडको सेयर कारोबार भएको छ । एनआरएनको ३४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । राप्ती हाइड्रोका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै नविल डिबेञ्चर का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *