सरकारले कुलमानलाई हटाउने उद्देश्यका साथ स्पष्टीकरण सोधेको ती मन्त्रीको भनाइ छ । मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक अधिकारीले घिसिङलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने बताएका थिए ।
मन्त्रालयका सचिव सुरेश आचार्यले कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिइएका उनलाई हटाउने प्रक्रिया अघि बढाउन लागिएको बताएका थिए ।
यसअघि घिसिङलाई मन्त्रालयले सोधेको स्पष्टीकरणमा उनले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले हटाउने र स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई नै भएको बताएका थिए ।
एकापसमा टसल बढ्दै गएपछि सरकारले घिसिङलाई हटाउन खोजिरहेको छ । यद्यपि घिसिङले भने आफूले अन्तिम समयसम्म पनि प्राधिकरणको सुधारमा काम गरिरहने बताएका छन् ।
Artha Sanjal






