ललितपुरको छेडामा एक जनामाथि खुकुरी प्रहार

काठमाडौं । ललितपुरमा एक जनामाथि खुकुरी प्रहार भएको छ। ललितपुर महानगरपालिका-९ छेडामा ४० वर्षीय मनोज कुमार बानियाँमाथि खुकुरी प्रहार भएको हो।

छेडामा बतासे कटेज सञ्चालनका लागि संरचना निर्माण गर्दै गरेको अवस्थामा उनीमाथि एक समूहले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

बानियाँ केही महिना अघि मात्रै विदेशबाट आएका थिए। शुक्रबार बानियाँका साथीहरू खाना खान गएको बेलामा उनीमाथि खुकुरी प्रहार भएको हो ।

उनलाई उपचारका लागि मेडिसिटी अस्पताल पुर्‍याइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *