काठमाडौं । महिन्द्रा फोरह्वीलरको नेपालका लागि अधिकृत विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कसले आयोजना गरेको ‘महिन्द्रा केयर फेस्ट २०८१’ जारी छ । यही फागुन १८ देखि २३ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गरेको हो ।
यस कार्यक्रमको उद्घाटन कलाकार निर्मल शर्मा, अग्नि इन्क्र्पोरेटेडका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा र अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठको उपस्थितिमा गरिएको हो ।
कार्यक्रममा महिन्द्रा एन्ड महिन्द्रा तथा अग्नि ग्रुपका अन्य प्रतिनिधि, अतिथि तथा ग्राहक उपस्थित थिए ।
कम्पनीका अनुसार ४५–प्वाइन्ट चेकअप क्याम्पमा सहभागी ग्राहकले फ्रि लेबर चार्ज, फ्रि वासिङ, फ्रि हेल्थ चेकअप, म्याक्सिमाइल लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट तथा १० प्रतिशत विस्तारित छुट कुपनसहित अन्य उपहारको लाभ लिन सक्नेछन् ।
महिन्द्राका ग्राहकले नेपालभरि रहेका आधिकारिक सर्भिस सेन्टरमा गई केयर फेस्टमा सहभागी हुन सक्नेछन् ।
यसका साथै अग्नि ग्रुपको अर्को सहायक कम्पनी अग्नि आस्था प्रालिले केयर फेस्ट अन्तर्गत महिन्द्राका नयाँ तथा पुराना गाडी खरिद, बिक्री तथा एक्सचेन्ज गर्ने सुविधा उपलब्ध गराएको जानकारी दिएको छ ।
महिन्द्राका सर्टिफाइड प्रि–ओन्ड गाडी खरिद गर्दा आकर्षक अफर समेत प्रदान गरिएको छ । यो सेवा काठमाडौं, भैरहवा, इटहरी, पोखरा र चितवनका शाखामा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।






