बलात्कारको उजुरीपछि प्रहरी पक्राउ

सिरहा। सिरहाको इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी जवान नविन यादव बलात्कार आरोपमा पक्राउ परेका छन्। एक  महिलाले दिएको जाहेरीका आधारमा यादव पक्राउ परेका हुन।

इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्र पासवानले पुष्टि गरेका छन्।प्रहरी जवान यादव विवाहित महिलासँग प्रेम सम्वन्धमा थिए। उनीहरु एउटै कोठामा वस्दै आएको खुलेको छ।

स्रोतका अनुसार यादवले ती महिलालाई पतिसँग डिभोर्स गर्न लगाएर पछि विवाह गर्न अस्वीकार गरेका थिए।पछिल्लो समय यादवले महिलालाई कोठाबाट समेत निकालिएको खुलेको छ। त्यसपछि महिलाले बलात्कारको जाहेरी दिएको जनाईएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *