काठमाडौं। नेपाल टेलिकमले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ।
आज काठमाडौस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र स्वस्तिमा खड्काले सम्झौतामा हस्ताक्षर गरे।
सम्झौताअनुसार, स्वस्तिमा खड्का एक वर्षको लागि ब्रान्ड एम्बेसडरको रुपमा काम गर्नेछिन्।
Artha Sanjal






