काठमाडौं । सिटिजन लाइफ इन्स्यारेन्सले आगामी चैत १५ गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यस्तै, सभा प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज हुने भएकाले फागुन २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Artha Sanjal






